पुष्प र जिशु अभिनित ‘तिमीलाई मेरो आफ्नो बन्न’ सार्वजनिक

पुष्प र जिशु अभिनित ‘तिमीलाई  मेरो आफ्नो बन्न’ सार्वजनिक

१७ माघ, काठमाडौं ।
मोडल जिशु कोइरालाले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेकी छिन्।

सार्वजनिक भएको ‘तिमीलाई  मेरो आफ्नो बन्न’ बोलको यस गीतमा गायक सूर्य काश्यपको स्वर सुन्न सकिन्छ । 

सुजन कँडेलको शब्द रहेको यस गीतमा रामकुमार रिमालको सङ्गीत  रहेको छ । नारायण दङ्गालले यस गीतलाई सङ्गीत संयोजन गरेका हुन्। 

प्रेमिल शैलीको गीतमा नायक  पुष्प खड्का र मोडल कोइरालाले अभिनय रहेको छ ।  

श्रेष्ठ प्रोडक्सनले निर्माण गरेको भिडियोमा अनिल के मानन्धरको छायाङ्कन रहेको छ । 

मिलन विश्वकर्माले सम्पादन गरेको उक्त भिडियो मौसम हिमालीको निर्देशनमा तयार पारिएको हो । 

हेर्नहोस् भिडियो