प्रणय दिवसमा गायक दिलको कोसेली ‘तिम्रै लागि’

प्रणय दिवसमा गायक दिलको कोसेली  ‘तिम्रै लागि’

२५ माघ, काठमाडौं । 
करिब एक महिनाअघि ‘माया यस्तो होस्’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका युवा गायक दिल विश्वकर्माले नयाँ साङ्गीतिक सौगात ‘तिम्रै लागि’ दर्शकमाझ ल्याएका छन् ।   

प्रणय दिवसको अवसर पारेर गायक विश्वकर्माले यो म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । 

गीतमा गायक विश्वकर्माको स्वर, शब्द र सङ्गीत तथा  सुदिप सागरको सङ्गीत संयोजन रहेको छ । प्रेमिल जोडी बीचको प्रेम र आकर्षणलाई आधार बनाएर प्रस्तुत गरिएको उक्त भिडियोमा गायक विश्वकर्मा  र बिना राउतको अभिनय छ ।  

नवराज उप्रेतीले छायाङ्कन रहेको भिडियोमा दिपेन बस्नेतको सम्पादन र सुबोल थापाको निर्देशन रहेको छ । गायक विश्वकर्माको  च्यानल ‘दिल विश्वकर्मा अफिसिएल’ मार्फत् उक्त भिडियो सार्वजनिक भएको हो ।