परदेशीको कथा बोकेको ‘तिम्रो याद आयो’ गीत सार्वजनिक (भिडियोसहित)

परदेशीको कथा बोकेको ‘तिम्रो याद आयो’ गीत सार्वजनिक (भिडियोसहित)

१५ माघ, काठमाडौं । 
परदेशी युवाको कथा बोकेको  ‘तिम्रो याद आयो’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । 

 विजय बराल र प्रमिला खनालको अभिनय रहेको गीतमा अमेरिका निवासी गीतकार गोपाल लोहारको शब्द रहेको गीतमा सविन सुवेदीको स्वर छ । स्वदेशमा रोजगारीको अवसर नहुँदा विदेशिन बाध्य लाखौँ नेपाली युवाको पीडालाई समेटेर तयार पारिएको भिडियोमा परदेशीको पीडा र मनोभावनालाई मार्मिक तरिकाबाट प्रस्तुत गरिएको छ ।

दीपक शर्माले संगीत दिएको गीतको संगीत संयोजन उदय राज पौडेलले गरेका हुन् । 

श्याम तामाङले छायाङ्कन गरेको म्युजिक भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । 

काजी लिम्बू र श्याम लामाको संयुक्त निर्देशनमा तयार पारिएको यस भिडियोको निर्मात्री भीमा लोहार हुन् । 

भिडियो गोलो प्रोडक्शनको आधिकारिक युट्युव च्यानलमार्फत सार्वजनिक भएको छ ।