प्रमोद खरेलको ‘यादहरूमा’ सार्वजनिक

प्रमोद खरेलको ‘यादहरूमा’ सार्वजनिक

२२ मंसिर, काठमाडौं । 
 गायक प्रमोद खरेलको स्वरमा सजिएको गीत ‘यादहरूमा’को भिडियो सार्वजनिक भएको छ। 

गीतमा गीतकार तथा संगीतकार येदिन गजमेरको शब्द तथा संगीत रहेको छ । 

प्रेममा परेका एक जोडीको प्रेमील कहानी, प्रेममा पर्दाका रमाइला यादगार क्षणहरु र एक्कासि आफ्नी प्राण प्यारीले छाडेर गएपछिको विरहका दृश्यहरुलाई कैद गरिएको गीतमा मोडलद्वय रमेश दियाली र साक्षी लम्साल फिचर्ड छन् । 

सञ्जिव बराइलीको एरेन्ज रहेको गीतमा निशाल पौडेलको छायाङ्कन रहेको छ । विकाश दाहालले सम्पादन गरेको भिडियोको निर्देशन युवराज वाइवाले गरेका हुन् ।