जन्मदिनमा रचना रिमालको कोशेली ‘जिन्दगीको बिसाउनीमा’

जन्मदिनमा रचना रिमालको कोशेली  ‘जिन्दगीको बिसाउनीमा’

काठमाडौं, ३१ साउन ।
नेपाल आइडलमा गएपछि चर्चामा आएकी गायिका रचना रिमालले आफ्ना फ्यानलाई जन्मदिनको कोशेलीस्वरुप नयाँ गीत ल्याएकी छन् । 

रचनाले जन्मदिनको अवसर पारेर  ‘जिन्दगीको बिसाउनीमा’ बोलको गीत ल्याकएकी हुन् । 

विवश बलिबहादुर कोइरालाको शब्द र हरि प्रसाद पौडेलको संगीत रहेको उक्त गीत राजु कार्कीले एरेञ्ज गरेका हुन् । 

गीतको भिडिओ छायाँकन, सम्पादन, र निर्देशन मिराज अर्यालले गरेका हुन्।