तिज भर्सनमा पनि आयो ‘सम्झिनी पानी छम्किनी’ (भिडियोसहित)

तिज भर्सनमा पनि आयो ‘सम्झिनी पानी छम्किनी’ (भिडियोसहित)

काठमाडौं, १७ साउन । 
गायक सम्राट चौलागाईंले आफ्नो गीत  ‘सम्झिनी पानी छम्किनी’ चर्चित भएपछि उक्त गीत ‘तीज भर्सन’ पनि ल्याएका छन् ।

गायक चौलागाईंले यसअघि  ‘सम्झिनी पानी छम्किनी’ नाम दिइएको गीतमा केहि शब्दहरु फेरबदल गरेर  ‘यसपालीको तीजमा सम्झिनी पानी छम्किनी’ नाम दिएका छन् । 

गीतमा गायक सम्राट चौलागाईं, रचना रिमाल, स्मिता दाहाल, ममता गुरुङको स्वर रहेको छ । 

गीतको भिडियोमा नायक भुवन केसी देखि बाल कलाकार आस्युमी ढकाललाई अभिनयमा देख्न सकिन्छ । यसका साथै भिडियोमा दिपाश्री निरौंला, आकाश श्रेष्ठ, स्वस्तिमा खड्का, गायक सम्राट,  बाल कलाकारहरु जेभिन र जेभिस श्रेष्ठको पनि अभिनय देख्न सकिन्छ ।

विक्रम स्वाँरले निर्देशन रहेको भिडियोमा छायांकन नवराज उप्रेतीको छ भने सम्पादन वीरवहादुर थारुले गरेका छन् । 

गीतमा शब्द संगीत समेत गायक चौलागाईंकै रहेको छ ।