विवादका बीच दुर्गेशले ल्याए ‘बीच्च बीच्चमा-५’

विवादका बीच दुर्गेशले ल्याए ‘बीच्च बीच्चमा-५’

काठमाडौं, २५ साउन। 
गीतका कारण विवादमा आइरहने गायक दुर्गेश थापाले विवादका बीच  ‘बिच बिचमा’को सिरिज ‘बिच बिचमा–५’ सार्वजनिक गरेका छन् ।

उनको हिट गीत ‘बीच्च बीच्चमा’ सिक्वेलको रुपमा उनले नयाँ गीत सार्वजनिक गरेका हुन्। गीतमा उनले आफ्नो विरोध गर्नेलाई जवाफ दिएका छन् ।

दुर्गेशकै शब्द तथा संगीत रहेको उक्त गीतमा बसन्त थापा र दुर्गेशले स्वर दिएका छन् । 

गीतको भिडियोमा अभिनेता तथा मोडल पल शाह, गायक तथा मोडल दुर्गेश थापा, बालकलाकारहरु जेभिन–जेभिस, आयुषी ढकाल र सिमोन कोनाजु फिचर्ड छन् ।

साहस शाक्यको एरेञ्ज रहेको गीतमा चन्द्र चौधरीको मिक्सिङ छ । अर्जुन तिवारीको छायाँकन गरेको भिडियोलाई काजिस श्रेष्णले निर्देशन गरेका हुन्।

केही दिनअघि गायक मात्रै गायक थापाले ‘बीच्च बीच्चमा ४-ख्यास पुतली’ बोलको तीज गीत ल्याएका थिए। गीतको प्रयोग भएको शब्दमाथि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आपत्ती जनाएउदै आइतवार साधारण सदस्य नरहने गरी सदस्यता खारेज गर्ने निर्णय गरेको छ। 

दुर्गेशले पनि प्रतिष्ठानले आफूमाथी अन्याय गरेको भन्दै प्रतिष्ठानको  निर्णयमा आपत्ति जनाएका छन् ।