तीजको मुखैमा सार्वजनिक भयो मौलिक तिज गीत ‘फूलै फूल्यो तिउरी’

तीजको मुखैमा सार्वजनिक भयो मौलिक तिज गीत ‘फूलै फूल्यो तिउरी’

काठमाडौं, १४ भदौं । 
तीजको मुखैमा  मौलिक तिज गीत ‘फूलै फूल्यो तिउरी’ बोलको तिज गीत सार्वजनिक भएको छ । गीतमा गायीका दुर्गा परियारले स्वर दिएकी छिन् ।

प्रायजसो तिजमा नियमित रुपमा तीज गीत लेखिरहेका लेखक शान्तिप्रियले उक्त गीत लेखेका हुन् । 

शान्तिप्रियको शब्दमा चित्रकार तथा संगीतकार गायती प्रकाशले संगीत गरेको यस गीत संगीतकार राजेन्द्र बजगाईले एरेञ्ज गरेका हुन् । 

गीतमा अभिनेत्री एवं मोडल अनामीका चौलागाई र नव मोडल झरना परियार फिचरिङ छन् । 

गत वर्ष देखी एकै साथ ३ तीज गीत मोडलिङ गरेर तीजका गीतमा मोडलिङ गर्न थालेकी अनामीका एवं यसै गीतबाट डेब्यू गरेकी झरना परियारको केमेस्ट्री मिलेको छ । भिडियो छायांकन गोविन्द अञ्जानले गरेका छन् ।

भिडियोकोे कलर कलेक्शन मिलन गुरुङले गरेका हुन् भने नृत्य निर्देशन तथा संपादक राजिव बलामीले गरेका छन् ।