यस्तो छ दीपकले होस्ट गर्ने ‘क्राइम प्याट्रल’ को ट्रेलर, तिहारबाट प्रसारण सुरु हुने

यस्तो छ दीपकले होस्ट गर्ने ‘क्राइम प्याट्रल’ को ट्रेलर, तिहारबाट प्रसारण सुरु हुने

काठमाडौं, १८ असोज । 
नेपाली टेलिभिजन सिरिज ‘क्राइम प्याट्रल’को ट्रेलर सार्वजनिक सार्वजनिक भएको छ । 

दीपकराज गिरीले होस्ट गर्ने यो सिरिज ग्यालेक्सी फोरके टिभीबाट प्रसारण हुने छ ।

भारतीय टिभी सोनीमा प्रसारण हुने सिरिजको लाइसेन्स लिएर बनाइएको नेपाली क्राइम प्याट्रल चाहिँ प्रत्येक साता दुईपटक प्रसारण हुने भएको छ । एकवर्षसम्म प्रसारण हुने यो सिरिजको आठ भाग निर्माण भैसकेको छ ।

भारतीय टिभी सोनीमा प्रसारण हुने सिरिजको लाइसेन्स लिएर बनाइएको नेपाली क्राइम प्याट्रल प्रत्येक साता दुईपटक प्रसारण हुने भएको छ । एकवर्षसम्म प्रसारण हुने यो सिरिजको आठ भाग निर्माण भैसकेको छ ।

रिलिज भएको ट्रेलरमा युवती हत्याको घटनाको अनुसन्धानलाई चित्रण गरिएको छ । सिरिजका होस्ट रहेका गिरीले क्राइम थ्रीलर रुचाउने दर्शकलार्ई सिरिज मनपर्ने बताए ।

तिहारको बेला सिरिज प्रसारण हुने तयारीमा रहेको निर्माण पक्षले जानकारी दिएका छ।

https://www.youtube.com/watch?v=HamCuSXrQm0