युट्युब ट्रेन्डिङमा गायक सपूतको 'कुरा बुझ्न पर्च' (भिडिओसहित)

युट्युब ट्रेन्डिङमा गायक सपूतको 'कुरा बुझ्न पर्च' (भिडिओसहित)

काठमाडौं, २६ साउन ।
महिला सशक्तीकरणको सवाललाई फरक शैलीमा प्रस्तुत गरिएको गायक प्रकाश सपुतको   ‘कुरा बुझ्न पर्च’ गीतको अत्याधिक माया पाएको छ । 

यसअधि नै बोल माया, बदला बरी लै देखि पछिल्लो गीत यो देश मेरो पनि हैन र? लगायतका गीत गाएर गायक प्रकाश सपूतले आफूलाई अब्बल गायकका रुपमा साबित गरिसहेका छन् । 

स्रोता दर्शकले पनि उनको प्रयास र प्रयोगलाई मन पराइरहेका छन्। अक्सर उनको गीत ट्रेन्डिङमा पर्न सफल हुनुले पनि उनका गीत स्रोता दर्शकले मन पराएको देखाउँछ।

हालै सार्वजनिक प्रकाशको नयाँ गीतमा पनि उनले आफ्नो यही विशेषतालाई कायम राखेका छन्। यस पटक प्रकाशले शुक्रबार सार्वजनिक गरेको  ‘कुरा बुझ्न पर्च’ बोलको तीज गीतले  हालसम्म ३५ लाख बढी भ्युज पाइसकेको छ। 

युट्युबको ट्रेन्डिङ एक मा उक्लिसकेको यो गीतले युट्युब भ्युज मात्र नभएर स्रोताहरुबाट पहिलाझै‌ं सकारात्मक प्रतिक्रिया पाइरहेको छ। 

गीतबाट आएका प्रतिक्रिया हेरेर स्रोता दर्शकले रमाइलो गीतभित्र लुकेको गम्भीर पक्ष बुझेकोमा सन्तुष्टि पोखेका छन्।

प्रकाशको शब्द, संगीत रहेको ‘कुरा बुझ्न पर्च’मा शान्तीश्री परियार र समीक्षा अधिकारीले स्वर दिएका छन्। प्रकाश आफैंले निर्देशन गरेको भिडिओमा स्वस्तिमा खड्का र आँचल शर्माको अभिनय छ। 

भिडिओमा लक्ष्मी गिरी, कालु राना, कमला रेग्मी, अनिता बस्नेत लगायत कलाकारले समेत  अभिनय गरेका छन्। 

गीतको भिडिओ नवराज उप्रेतीको छायांकन र प्रवीन भट्टको सम्पादनमा तयार भएको हो।

http://<iframe width="690" height="490" src="https://www.youtube.com/embed/HE7YyYcc2R0" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen></iframe>