आँचल अभिनित तेलुगू चलचित्र ‘हिटम्यान’को टिजर सार्वजनिक

आँचल अभिनित तेलुगू चलचित्र ‘हिटम्यान’को टिजर सार्वजनिक

२४ पुस, काठमाडौं । 
नेपाली अभिनेत्री आँचल शर्माले अभिनीत पहिलो तेलुगू चलचित्र ‘हिटम्यान’को टिजर सार्वजनिक भएको छ । 

चलचित्र निर्माण टोलीले शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको टिजर सार्वजनिक गरिएको हो ।

एक कैदी जेलबाट भागेपछि उसले भोगेका समस्या र संघर्षलाई  प्रस्तुत गरिएको टिजरमा आँचलको भने कुनै पनि दृश्य देखिएकी छैनिन्।  

आँचलले तेलुगू चलचित्र भएपनि आफूले नेपाली भाषा नै बोलेको जानकारी दिइन्। 

चलचित्रलाई नेपाल र भारतमा प्रदर्शन गरिने निर्माणपक्षले बताएको छ । चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन ।

विष्णु अधिकारीले निर्देशन गरेको यस चलचित्रमा नेपाली र भारतीय कलाकारहरुले संयुक्त रुपमा अभिनय गरेका छन् ।