शान्तिश्रीले गाएको तिज गीतमा दीपाश्री छमछमी

शान्तिश्रीले गाएको तिज गीतमा दीपाश्री छमछमी

काठमाडौं, २९ साउन ।
लामो समय कलाकारितामा बिताएकी अभिनेत्री दीपाश्री  निरौलाले तिज गीतमा पनि अभिनय गरेकी छन् । 

उसो त निर्देशक, निर्माता र कलाकारको परिचय बनाइसकेकी दीपाश्री गीतमा मोडलको भुमिकामा देखिएको पहिलोपटक भने होेइन् । दर्जनौँ गितमा अभिनय गरिसकेकी दीपाश्री यस वर्षको तिज गीतमा भने पहिलोपल्ट देखिएकी हुन् । 

गायिका शान्तिश्री परियार, लक्ष्मी मल्ल तथा गायक श्रीकृष्ण बम मल्लको स्वरको रहेको तिज गीत ‘दिदी बहिनी’को म्युजिक भिडियोमा उनले अभिनय गरेकी हुन् । 

गायक मल्लकै शब्द तथा संगीत रहेको र योगेशकाजीको संगीत संयोजन रहेको गीतमा दीपाश्री छमछमी कम्मर मर्काएकी छन् । 

उक्त गीतको भिडियोको निर्देशक समेत गरेकी दिपाश्रीसँग रजनी केसी, गजित विष्ट, निर्मल शर्मा, सुमन गिरी भान्जा, कमला लामिछाने लगायतका कलाकारले अभिनय गरेका छन् ।