हिरासतबाट नछुटेपछि राजलाई छोड्ने मनस्थितिमा शिल्पा

हिरासतबाट नछुटेपछि राजलाई छोड्ने मनस्थितिमा शिल्पा

काठमाडौं, १४ भदौं । 
व्यापारी पति राज कुन्द्रा पोर्न चलचित्र निमार्ण गरेको मुद्धामा फसेपछि अभिनेत्री शिल्पा शेठ्ठीले उनलाई छोड्ने मनस्थिति बनाएकी छन् ।

चारतीय सञ्चारमाध्यमक बलिउड हंगामाका अनुसार यो कुराको पुष्टि उनका नजिकका साथीले गरेका छन् ।

उनको नजिकका साथीका अनुसार दुई सन्तानलाई सँगै लिएर राजलाई छोड्ने मनस्थिति शिल्पाले बनाएकी छन् । ‘राज कुन्द्रामाथिको समस्या दिनका दिन बढिरहेको छ । पति राज पोर्नोग्राफी मुद्धामा जोडिएपछि हामीलाई भन्दा बढी चिन्ता अहिले शिल्पालाई छ । शिल्पाले हिराहरु र घरको सम्पत्ति कुनै आपराधिक श्रोतबाट राजले पाए भन्ने सुराकी पाउन सकेकी छैनन्’, ती साथीको कुरा उल्लेख गर्दै भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । 

शिल्पा आफ्ना सन्तानलाई पति राजले गलत शैलीबाट कमाएको सम्पत्तिबाट टाढा राख्न चाहिन्छन् ।

‘शिल्पाले अब कुन्द्राको सम्पत्तिलाई कुनै पनि हालतमा नछुने अडान लिइसकेकी छन् । उनले रियालिटी शोबाट आफूलाई चाहिने पैसा कमाइसकेकी छन् । उनी फिल्मबाट स्थापित भइसकेकी छन् । त्यसकारण पनि फिल्म ‘हंगामा २’ र रिलिज नभएको ‘निकम्मा’ पछि अन्य फिल्ममा पनि जोडिन चाहेकी छन्’, शिल्पाकी साथीले भनेकी छन् ।