कमेडी च्याम्पियनको फाइनलमा भरतमणि, बिक्की र सन्तोष

कमेडी च्याम्पियनको फाइनलमा भरतमणि, बिक्की र सन्तोष

काठमाडौं, १७ भदौं । 
कमेडी रियालिटी शो 'कमेडी च्याम्पियन' को फाइनलमा भरतमणी पौडेल, विक्की अग्रवाल र सन्तोष थापाले स्थान सुरक्षित गरेको छन् । 

सेमिफाइनलको प्रस्तुति दिएपछि एकसातामा दर्शकस्रोताले गरेको भोटका आधारमा भरतमणि, बिक्की र सन्तोष अन्तिम तीनमा प्रवेश गरेका हुन् । 

सेमिफाइनलबाट कञ्चनपुरका हिक्मत महरा आउट भएका छन् । वाइल्ड कार्ड इन्ट्रीबाट पुनः प्रवेश गरेका हिक्मतको यो सिजनका लागि कमेडी च्याम्पियनको यात्रा टुङ्गिएको छ । 

अब, बाकी रहेका अन्तिम तीन प्रतिपर्धीहरुलाई दर्शकले गरेको भोटका आधारमा विजेताको टुङ्गो लाग्नेछ ।