नेपाल आइडलको डिजिटल अडिसन सुरु, भदौं मसान्त सम्म पठाउन सकिने

नेपाल आइडलको डिजिटल अडिसन सुरु, भदौं मसान्त सम्म पठाउन सकिने

काठमाडौं, ३ भदौं । 
चर्चित सांगीतिक रियालिटी शो ‘नेपाल आइडल सिजन-४’ का लागि  डिजिटल अडिसन खुलेको छ । 

मंगलबाट सुरु भएको अडिसन ३१ भदौसम्म चल्ने आयोजकले जनाएको छ । अडिसनका लागि आफ्नो स्वरमा दुईवटा फरक विधाका गीत रेकर्ड गरेर पठाउनुपर्नेछ।

अडिसन मोबाइलको ‘प्ले स्टोर’ मा गएर एपीवानको एप्लिकेसन डाउनलोड गरेर गर्न सकिनेछ । 

डिजिटल अडिसनमा पास भएकाहरुले मात्र फिजिकल अडिसनमा सहभागी हुन पाउनेछन् । डिजिटल अडिसनमा विश्वभर रहेका नेपालीले सहभागी हुन पाउनेछन् ।