रियालिटी शो मा नयाँ पाईला ‘नेपाल्स सिङ्गीङ सुपरस्टार’ हुने

रियालिटी शो मा नयाँ पाईला ‘नेपाल्स सिङ्गीङ सुपरस्टार’ हुने

७ मंसिर, काठमाडौं । 
इमेज टिभीले नयाँ रियालिटी शो ‘नेपाल्स सिङ्गीङ सुपरस्टार’ ल्याउने भएको छ । भ्वाइस स्टार नेपालसँगको सहकार्यमा इमेजले यो शो ल्याउन लागेको हो । 

संगीतिक क्षेत्रमा संघर्षरत गायक र गायिका तथा दूरदराजमा रहेका प्रतिभाले स्थान कार्यक्रममा मिल्ने शोका निर्देशक रवि श्रेष्ठले बताए । रविका अनुसार शोका लागि पहिलो चरणमा डिजिटल अडिसनबाट प्रतिष्पर्धीहरुको छनोट गरिनेछ ।

डिजिटल अडिसन पुसको पहिलो साताबाट खुल्ला हुनेछ । डिजिटल अडिसनबाट छानिएका प्रतिभालाई फिजिकल अडिसनमा सामेल गराइनेछ ।

२५ श्रृंखलासम्म चल्ने प्रतिस्पर्धामा विजयी हुने प्रतियोगीले २५ लाख नगद पाउनेछन् ।