पपगायिका रिहाना बनिन् अर्बपति महिला संगीतकर्मी

पपगायिका रिहाना बनिन् अर्बपति महिला संगीतकर्मी

ऐजेन्सी, २१ साउन । 
हलिउड पपस्टार रिहाना अर्बपतिको सूचीमा समावेश भएकी छिन् ।

फोब्र्सले बुधबार सार्वजनिक गरेको अर्बपतिको सूचीमा  ३३ वर्षीया रिहाना अर्बपतिको सूचीमा समावेश भएकी हुन्। फोर्ब्स म्यागजिनका अनुसार उनी विश्व मनोरञ्जनकै दोस्रो सर्वाधिक धनी सेलिव्रेटी समेत बनेकी छिन् ।

रिहानाको कूल सम्पति १ दशमलब ७ बिलियन डलर पुगेको छ । फोब्र्सका अनुसार यो सम्पति उनले संगीतबाट मात्र भने कमाइ गरेकी हैनन्, उनको कस्मेटिक ब्रान्ड फेन्टी ब्यूटी कस्मेटिक कम्पनीबाट ५० प्रतिशत हिस्साबाट १ दशमलब ४ बिलियन डलर कमाइ गरेकी हुन् ।  

उनको कमाईको बाँकी हिस्सा रिहानाको सेभेज एक्स फेन्टी लिंगरी कम्पनीको हिस्साबाट आउछ । यसबाहेक उनको कमाईको हिस्सा गायन र अभिनयबाट आएको हो ।

रिहानाको वास्तविक नाम रोबिन फेन्टी हो । सन् २०१७ मा उनले लग्जरी गुड्स कम्पनी एलभीएमएचसँग साझेदारीमा फेन्टी ब्यूटी कम्पनी सार्वजनिक गरेकी थिइन् ।

रिहानाले आफ्नो करियरको सुरुवात १७ वर्षको उमेरमा गरेकी थिइन् ।