र्याप गायन रियालिटी सो‘नेपहपको श्रीपेच’ आयोजना हुदै, विजेतालाई १० लाख

र्याप गायन रियालिटी सो‘नेपहपको श्रीपेच’ आयोजना हुदै,  विजेतालाई १० लाख

काठमाडौं, ४ भदौं । 
र्याप गीत गाउने चाहना वा र्यापर बन्ने सपना बोकेका युवायुतीलाई नयाँ अवसर पाउने भएका छन् । र्याप गीत गाएर आफ्नो प्रतिभा देखाउन गायन रियालिटी सो  ‘नेपहपको श्रीपेच’ आयोजना हुने भएको हो । 

डिस होम र मिडिया एकेडेमीको सहकार्यमा आयोजना हुने उक्त शो का लागि आयोजक टिमले नेपालका केही ठुला सहरहरूमा गएर अडिसन लिनेछन् भने प्रतियोगितामा भाग लिन चाहाने  तर प्रत्यक्ष रुपमा उपस्थित भएर अडिसन दिन नसक्नेका लागि डिजिटल अडिसन समेत हुने आयोजकले जानकारी दिएको छ । 

उक्त र्याप गायन रियालिटी शो मा र्यापर बालेन शाह र गिरिस खतिवडा निर्णायकको भुमिका हुनेछन् भने बाँकी एक जना निर्णायक घोषणा हुन् बाँकी छ ।

‘नेपहपको श्रीपेच’ को विजेताले १० लाख र उपविजेता ले ५ लाख पुरस्कार पाउने छन् ।