भ्वाइस अफ नेपालका चार उत्कृष्ट प्रतिस्पर्धी, कसले मार्ला बाजी

भ्वाइस अफ नेपालका चार उत्कृष्ट प्रतिस्पर्धी, कसले मार्ला बाजी

काठमाडौं , १७ साउन ।
चर्चित रियालिटी शो 'द भ्वाइस अफ नेपाल सिजन ३' मा चार उत्कृष्ट प्रतिभाहरु छानिएका छन् ।

शुक्रबार भएको सेमिफाइनलमा चार वटा कोचका अन्तिम आठ प्रतियागीबाट हरेक टीमका एक/एक जना ग्राण्ड फिनालेमा प्रवेश गरेका छन् भने चार जनाको भ्वाइसको यात्रा टुंगिएको छ ।

दर्शकले अघिल्लो एक सातामा गरेको भोटका आधारमा टिम दीपबाट दार्जलिङका आर्यन तामाङ ग्राण्ड फिनालेमा गरेका छन् भने रुपन्देही सैनामैनाका गोविन्द पुनको भ्वाइस यात्रा टुंगिएको छ । 

टिम प्रमोदबाट हाल अमेरिका बस्ने किरण गजमेर फाइनलमा प्रवेश गरे भने सिक्किमका रवि गहतराज भ्वाइसबाट बाहिरिएका छन् । 

टिम राजुबाट बाग्लुङकी तारा श्रीष मगर  ग्राण्ड फिनालेमा प्रवेश गरेकी छन् । काठमाडौका सोनाम शेर्पाले ताराले भन्दा कम भोट ल्याएका कारण भ्वाइसबाट बाहिरिएका छन् ।  उनको कडा प्रतिस्पर्धा भएको थियो ।

यसैगरी  टिम तृष्णाबाट ज्वाला राई फिनालेमा प्रवेश गरेका छन् । उनले अफ्रिता खड्गीलाई उछिन्दै फाइनलमा प्रवेश गरेका हुन् ।
 
शनिवारको एपिसोडमा यी चारवटा टिमका चारै जना प्रतिभाहरुले फिनालेको भोटका लागि आफ्ना प्रस्तुति दिएका छन्। 

अबको एक सातासम्म दर्शकले उक्त चार प्रतिस्पर्धीलाई भोट गर्न पाउने छन् । दर्शकले गरेको गरेको भोटका आधारमा सबैभन्दा बढी भोट प्राप्त गर्ने प्रतिस्पर्धी विजेता बन्नेछन् ।

ग्राण्ड फिनालेमा आफूलाई मन परको प्रतिस्पर्धीलाई स्वदेश र विदेशबाट समेत भोट गर्न सकिन्छ । नेपालभित्र पैसा तिरेर एसएमएस मार्फत र प्रभु पे को एप डाउनलोड गरेर त्यसबाट निशुल्क भोट गर्न सकिन्छ भने नेपालबाहिर हुने मानिसले प्रभु पे को एपबाट भोट गर्न सकिन्छ । 

द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधीका लागि आउदो शनिवार  ग्राण्ड फिनाले हुदै छ ।