पञ्जाबी गायक लकीले गाए ‘टुङ्नाको धुनमा’ कभर

पञ्जाबी गायक लकीले गाए ‘टुङ्नाको धुनमा’ कभर

काठमाडौं, २२ साउन । 
केहि महिनाअघि  ‘फूलबुट्टे सारी’ गीत गाएर नेपालीमाझ छाएका पञ्जाबी गायक लकी सिद्धुले  ‘टुङ्नाको धुनमा’ कभर गीत गाएका छन् । 

गायक इन्द्रजित मिजारको स्वर रहेको ओरिजन गीत चलचित्र ‘रहर’मा समावेश गरिएको थियो । तुलसी घिमिरे र कुसुम गजमेरको शब्द रहेको गीतमा संगीत रन्जित गजमेरको संगीत रहेको छ । 

भिडियोमा प्रज्वल भट्टराई, उत्सव ढुङेल, गेम्मा र ग्रातसीएलाको अभिनय रहेको छ ।

गीतको भिडियो संसार ब्ल्ग प्रोडक्सनले निर्माण गरेका हुन् ।