हलिउड अभिनेत्री जोहानसनले दिइन् डिज्नीविरुद्ध उजुरी

हलिउड अभिनेत्री जोहानसनले दिइन् डिज्नीविरुद्ध उजुरी

काठमाडौं, १५ साउन । 
हलिउड अभिनेत्री स्कारलेट जोहानसनले वाल्ट डिज्नी कम्पनीविरुद्ध अदालतमा उजुरी दिएकी छन् ।

 'ब्ल्याक विडो' को सम्झौता उल्लंघन गरेको भन्दै हलमा प्रदर्शन गर्ने भन्दै सम्झौता गरेको डिज्नीले हलसँगै डिजिटल स्ट्रिमिङ डिज्नी प्लसमा फिल्म प्रदर्शन गरेपछि आफूसँगको सम्झौता उल्लंघन गरेको जोहानसनको दाबी छ । 

लसएञ्जल्स सुपेरियर कोर्टमा दर्ता गरिएको मुद्दामा ‘ब्ल्याक विडो’को दोहोरो रिलिज रणनीतिले स्कारलेटको क्षतिपूर्तिलाई कम गरेको उल्लेख गरिएको छ । जुन आंशिक रुपले बक्सअफिसको रिपोर्टमा आधारित थियो ।

स्कारलेटलाई फिल्म विशेष रुपमा थिएटरमा रिलिज गर्ने निर्माताले ग्यारेन्टी दिए पनि फिल्म गत जुलाई ९ मा थिएटर र डिज्नीमा एकसाथ रिलिज भएको थियो ।
यो फिल्मको प्रदर्शन महामारीका कारण एक वर्ष पछाडि धकेलिएको थियो । फिल्म गत जुलाईमा हलसँगै डिज्नीका स्ट्रिमिङ सेवाहरुमा प्रदर्शनमा आएको थियो । डिज्नीका अनुसार फिल्मले ओपनिङ हप्तामा ६० मिलियन अमेरिकी डलर कमाएको थियो ।

डिज्नेले कोभिड महामारीको समयमा केही फिल्मका लागि हाइब्रिड पेटर्नको टेस्टिङ गरेको थियो । किनकी कम्पनी आफ्नो स्ट्रीमिङ सेवालाई बढावा दिने प्रयास गरिरहेको थियो । जबकी महामारीका कारण विश्वभरका धेरै थिएटर अझै बन्द छन् ।