बलिउड अभिनेत्री राधिकाको खुलासा: ‘अडिसन पास गर्न फोनमा अश्लील कुराकानी गरे’

बलिउड अभिनेत्री राधिकाको खुलासा: ‘अडिसन पास गर्न फोनमा अश्लील कुराकानी गरे’

ऐजेन्सी, १८ साउन । 
पोर्न चलचित्र निर्माण गरेको अभियोगमा अभिनेत्री शिल्पाको श्रीमान पक्राउ परेपछि तरंग छाएको बलिउडमा एउटा घटना पुन: चर्चामा आएको छ । 

बलिउडकी बोल्ड अभिनेत्रीका रुपमा चिनिएकी राधिका आप्टेले एक अनौठो अडिसनका बारेमा खुलेर कुरा गरेपछि बलिउडमा तरंगा छाएको हो । 

फिल्ममा काम गर्दाको अनुभवलाई लिएर खुलेर कुरा गर्ने राधिकाले  नेहा धुपियाको ‘विद वोग’ मा आफ्नो एक अनौठो अडिसनका बारेमा खुलेर बताएकी छन् । राधिकाले फिल्म ‘देव डी’का लागि उनले दिएको अडिसनबारे खुलासा गरेकी हुन् । 

देव डीको अडिसनका लागि आफूले अश्लील कुराकानी गर्नुपर्ने भएकाले अडिसन पास हुनका लागि अश्लील कुराकानी गरेको खुलासा गरेकी छन् । 

देव डीको अडिसनका लागि मैले फिल्ममा अश्लील कुराकानी गर्नुपर्ने थियो । यसो हुँदा मात्र मैले अडिसन पास गर्ने थिएँ । त्यो बेला म पुणेमा बस्थें । मैले फोनमा यस्ता कुरा गरेको थिइनँ । तर अडिसन दिँदा सबैको अगाडि बोल्नुपर्ने भयो । अडिसन पास हुनका लागि मैले यो काम गरें’, कार्यक्रममा राधिकाले भनिन् ।

केही समय अघि मात्र राधिकाले फिल्म ‘क्लीन शेव’को आफ्नो केही न्यूड भिडियो सार्वजनिक भएपछि घर बाहिर निस्कन गाह्रो परेको बताएकी थिइन्।

राधिका पछिल्लोपटक वेब सिरिज ‘रात अकेली’मा  अभिनेता नवाजुद्दीन सिद्दीकीसँग रोमान्टिक अवतारमादेखिएकी थिइन् ।

बोलीका कारण अभिनेत्री राधिका चर्चामा आइरहन्छिन्। हालसम्म उनले फिल्ममा कैयौं भूमिका निर्वाह गरिसकेकी छन् ।