‘बकम्फुसाय नमः’ गाइजात्रा लिएर आए जोगिन्दर

‘बकम्फुसाय नमः’ गाइजात्रा लिएर आए जोगिन्दर

काठमाडौं, १४ साउन । 
आगामी भदौ ७ गते परेको गाइजात्रालाई लक्षित गर्दै हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ले यो वर्ष आफ्नो गाइजात्रे कमेडी कोसेली ‘बकम्फुसाय नमः’ ल्याएका छन् ।

देशको समसामयिक राजनीतिक, राजनीतिक दल र विकृति विसंगतिप्रति तिखो प्रहार गर्दै उनले ‘बकम्फुसाय नमः’ ल्याएका हुन् । 

रिजालको यो पटकको गाइजात्रे कोसेलीमा पनि एक प्यारोडी गीत सहित र प्रहसनसमेत समेटिएको छ । प्रहसनको केन्द्र भने तीन वर्ष बढी सरकारमा बसेर बाहिरिएको ओली सरकारको क्रियाकलाप बनेका छन् ।

दुई दशकदेखि गाइजात्रा पर्वमा नियमित कोसेली ल्याउने गरेका रिजालको ‘ओम बकम्फुसाय नम’ २० औं कोसेली हो । गतबर्ष उनले ‘लकडाउन’ नामक गाइजात्रे कोसेली ल्याएका थिए ।

अन्य कलाकारसँग मिलेर आउने गाइजात्रे कोसेली पनि आउँने गरेकोर यो बर्ष पनि आउने रिजालले सुनाए । रिजालले ‘हुकुम बक्सियोस’ गीतलाई यसमा प्यारोडी मार्फत नेताहरुको रमाईलो प्रस्तुति समेटेका छन् ।

गाइजात्रे प्रस्तुतिको भिडियोमा रिजालको अलावा दमन रुपाखेती, शशीविक्रम थापा, घनश्याम गौतम ‘नक्कली प्रचण्ड’, सुरेश तिमल्सिना ‘नक्कली ओली’, सबु लामिछाने, वेदमणि अधिकारी, प्रेम शर्मा पौडेल, श्रेया दुलाल, शिवराम कार्की, धिरेन्द्र सिंहलगायतको अभिनय रहेको छ ।