विन्टर फिल्म अवार्डमा छानियो नेपाली फिल्म ‘कठपुतली’

विन्टर फिल्म अवार्डमा छानियो नेपाली फिल्म ‘कठपुतली’

काठमाडौं, १८ साउन । 
निर्देशक भीमसेन लामाले निर्देशन गरेको नेपाली हरर फिल्म ‘कठपुतली’ अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’मा छनोट भएको छ ।

हरर बिषयमा बनेको यो फिल्म आउँदो सेप्टेम्बर २३ देखि अक्टोबर २ सम्म चल्ने फेस्टिभलमा ‘विन्टर फियर अवार्ड हरर फिल्म कम्पिटिसन’ विधामा छनोट भएको यो फिल्म सेप्टेम्बर २६ तारिखमा त्यहाँ प्रदर्शन हुनेछ ।

फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतका कलाकारले अभिनय अभिनय गरेका छन् ।

‘कठपुतली’ सम्पदा मल्लले लेखेकी हुन् भने फिल्मका निर्माता पृथ्वी राना मगर हुन् ।

‘विन्टर फिल्म अवार्ड’ न्यूयोर्कको ‘सिनेमा भिलेज थिएटर १’ मा आयोजना हुँदैछ ।