धरानमा बस दुर्घटना हुदा ४ जनाको मृत्यु, ३५ जना घाइते

धरानमा बस दुर्घटना हुदा ४ जनाको मृत्यु, ३५ जना घाइते

चैत २५, धरान । 
धनकुटाको चौबिसे गाउँपालिका बुधबारेबाट धरानतर्फ आउँदै गरेको को ना २ ख २७१३ नम्बरको बस धरानको जिरोप्वाइन्टमा  दुर्घटनामा हुदा ४ जनाको मृत्यु भएको छ भने  ३५ जना घाइते भएका छन् । 

मृत्यु हुनेमा चालक, एक बालिकासहित चार जनाको छन्। दुर्घटनामा मृत्यु हुने चालक चक्रबहादुर गुरुङ, यात्रु बलबहादुर मगरको मात्र पहिचान खुलेको छ । प्रहरीका अनुसार एक महिला र उनकी छोरीको नाम खुलेको छैन ।

घाइतेहरुको धरानकै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुलेको छैन् । दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।