हरिवंश र मेलिनाको स्वरमा ‘माछीलाई खोलीको लेउ’ (भिडियोसहित)

हरिवंश र मेलिनाको स्वरमा  ‘माछीलाई खोलीको लेउ’ (भिडियोसहित)

काठमाडौं, १४ साउन । 
तीन बर्ष अगाडि निकै चर्चित बनेको  ‘माछीले खाने खोलीको लेउ’  गीतका दोस्रो भाग भाग रिलिज भएको छ । 

युट्युवमा करिब ५ करोड भन्दा बढी पटक हेरिएको ‘माछीले खाने खोलीको लेउ’ मा गायक  सरोज ओली र गायिका मेलिना राइको स्वरमा  दिनेश थपलियाको शब्द, बसन्त सापकोटाको संगीत रहेको थियो।

उक्त गीतको निर्माण पक्षले यो गीतको दोस्रो सिरिज सार्वजनिक गरेको हो । ‘माछीलाई खोलीको लेउ’ नाम दिइएको यो गीतम  हरिवंश आचार्य र मेलिना राइले स्वर दिएका छन् भने गीतमा दिनेश थपलियाको शब्द, बसन्त सापकोटाको संगीत रहेको छ ।

गीतको भिडियोमा वरिष्ठ कलाकार हरिवंश आचार्य, अभिनेत्री करिश्मा मानन्धर, अभिनेत्री केकी अधिकारि र अभिनेता पल शाहको अभिनय रहेका छ।

विक्रम स्वारको कोरियोग्राफी रहेको भिडियोमा नवराज उप्रेतीको छायाकन, भुपेन्द्र अधिकारी र सुवर्ण दुलालको सम्पादन रहेको छ।

नरेन्द्र वियोगीले एरेन्ज गरेको गीतलाई श्याम श्वेत रसाइलीले मिक्सिङ्ग गरेका हुन्।