‘हामी देश बचाऔँ’ भन्दै आए महानायक हमाल

‘हामी देश बचाऔँ’ भन्दै आए महानायक हमाल

काठमाडौं, १३ साउन । 
महानायक राजेश हमाल अभिनित ‘हामी देश बचाऔँ’ बोलको गीत सार्वजनिक भएको छ । 

अजय कार्कीको स्वर रहेको गीतको भिडियोमा महानायकहमालका साथै शिशिर भण्डारी, मोडल दीपेन्द्र सोनाम, गीता ढुंगाना, कविता न्यौपाने लगायत कलाकारको अभिनय देख्न सकिन्छ । 

शब्द, संगीत समेत गायक अजयकै रहेको गीतमा देश बचाउन र देश बनाउन आग्रह गरिएको छ ।

उक्त गीतको भिडियो निरेन श्रेष्ठले निर्देशन गरेका हुन् भने उत्सव दाहालको छायाँकन र विष्णु खड्काको सम्पादन रहेको छ ।

गीतमा सन्जिव बराइलीको संगीत संयोजन रहेको गीतको भिडियोमा अमोन रानाको कोरियोग्राफी छ ।