सैनामैनामा खुल्यो साझा टेलिभिजन

सैनामैनामा खुल्यो साझा टेलिभिजन

सैनामैना, १२ मंसिर ।
लुम्बिनी प्रदेशबाट इजाजतप्राप्त पहिलो टेलिभिजन साझा टेलिभिजनको शुक्रबार एक कार्यक्रमका बिच समुद्घाटन भएको ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले साझा टेलिभिजनको उद्घाटन गर्दै आम संचार माध्यमले विकाश र समृद्धिको आकांक्षा र चाहानालाइ परिपुर्ति गर्नका लागि जनता र सरकार बिच पुलको काम गर्ने बताए ।

जनताका आकांक्षालाइ सरकार समक्ष र सरकारको कामलाइ जनातामा पुर्याउनका लागी संचारमाध्यमले महत्वपुर्ण भुमिका खेल्ने उल्लेख गर्दै निश्पक्ष र मर्यादित संचारग्रहका रुपमा काम गर्न आग्रह गरे ।

कार्यक्रममा टेलिभिजनका प्रबन्ध निर्देशक भुवन जिसी र स्टेशन म्यानेजर नविन घिमिरेले संयुक्त रुपमा भिडियो मन्तव्य दिदै साझा टेलिभिजनलाइ सबैको साझा बनाउनका लागी प्रतिबद्ध रहेको बताए ।

टेलिभिजन केही समयको परिक्षण प्रशारण पछि नियमित प्रशारणमा गएको हो । हाल टेलिभिजनबाट उत्पादन गरिएका कार्यक्रमहरु प्रशारण भैरहेको छ ।