चिनियाँ रक्षामन्त्री आइतबार नेपाल आउँदै

चिनियाँ रक्षामन्त्री आइतबार नेपाल आउँदै

काठमाडौं, १३ मंसिर ।
चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने कार्यशील भ्रमणमा आइतबार काठमाडौँ आउने भएका छन् ।

भ्रमणका क्रममा रक्षामन्त्री वेइले राष्ट्रपति एवं प्रधानमन्त्रीसँग शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

उनी आइतबार साँझ नै स्वदेश फर्कने कार्यक्रम छ ।