विवादित सामग्री प्रसारण गर्दै जी न्युजले भन्यो,‘भारतले माउन्ट एभरेस्टमा दाबी ठोक्नुपर्छ’

विवादित सामग्री प्रसारण गर्दै जी न्युजले भन्यो,‘भारतले माउन्ट एभरेस्टमा दाबी ठोक्नुपर्छ’

काठमाडौं, २९ पुस ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार अन्तर्वार्ता दिएको भारतीय टेलिभिजन च्यानल जी न्यूजले विश्वको सर्वोच्च शिखर सगरमाथालाई भारतले दाबी गर्नुपर्ने भन्दै भारतीय नाम दिने अभियानको झुटो सामाग्री प्रसारण गरेको छ।

प्रधानमन्त्री ओलीको अन्तर्वार्ता प्रसारण गरेको अर्को दिन जी न्यूजले सगरमाथामा भारतीयले दावा ठोक्नु पर्ने भन्दै आपत्तिजनक सामग्री प्रसारण गरेको छ।  प्रधानमन्त्री ओलीको अन्तर्वार्ता लिने उक्त टेलिभिजनका प्रधान सम्पादक सुधीर चौधरीले काला पत्थरबाट स्थलगत रिपोर्टसहित तयार पारेको आपत्तिजनक सामाग्री प्रशारण गरेका हुन् ।

प्रधानमन्त्री ओलीसँग अन्तर्वार्ता लिन गत आइतबार काठमाडौं आएका चौधरीले हेलिकप्टरमा सगरमाथा आधार शिविर पुगेको बताउने उनले सगरमाथाको नाम माउन्ट सिकदर हुनुपर्छ भनेका छन् ।

भारतीय गणितिज्ञ राधानाथ सिकदर सगरमाथाको उचाइ नापेकाले उनको नाममा सगरमाथाको नामाकरण हुनु पर्ने उनको तर्क गर्दै भनेका छन्, यस ९सगरमाथा० को नाम परिवर्तन गर्न अभियान सुरू गरेका छौं। राधानाथ सिकदरले सन् १८५२ मा पहिलो पटक विश्वकै सबैभन्दा अग्लो हिमालको उचाइ नापेका थिए । तर अंग्रेजहरुले उनलाई यसको श्रेय दिएनन् । यस पर्वतको नाम जर्ज एभरेस्टको नाममा राखियो । जसले न त कहिल्यै एभरेस्ट देखेका थिए, न त उनलाई यसका बारेमा जानकारी नै थियो । त्यसैले आज हामी माग गर्छौं कि माउन्ट एभरेस्टको नाम माउन्ट सिकदर राख्नुपर्छ ।’

उनले ‘माउन्ट एभरेस्ट’को नाम ‘माउन्ट सिकदर’ हुनुपर्छ भन्ने अभियान सुरु गरेको समेत बताएका छन् ।

उनले भनेका छन्,”हामी भन्न चाहन्छौँ कि यो शिखरको नाम राधानाथ सिकदरको नामबाट राखिएको हुनुपथ्र्यो । आज हामी भन्न चाहन्छौँ, यो शिखरको नाम राधानाथ सिकदरको नामबाटै हुनुपर्छ । भारतले यसका लागि अभियान चलाउनुपर्छ, भारतका जनताले पनि अभियान चलाउनुपर्छ । हामीले पनि माउन्ट एभरेस्टमाथि आफ्नो दाबी पेस गर्नुपर्छ, पूरै दुनियाँका सामुन्ने ।”

उनले आफ्नो उक्त कार्यक्रमले भारतीय दर्शकलाई राष्ट्रवादी भावना जागृत गराउने समेत दाबी गरेका छन् । उनले भनेका छन्,  ‘अब भारतले माउन्ट एभरेस्टमा दाबी ठोक्नुपर्छ ।’उनले अगाडी भने ‘आजको हाम्रो रिपोर्टले तपाईँहरुलाई राष्ट्रवादी भावना अनुभव गराउँछ । त्यसैले आज म चाहन्छु कि तपाईँहरु सबै परिवारका साथ यो कार्यक्रम ध्यानपूर्वक हेर्न आग्रह गर्छु ।’