पाठकमाथि छानबिन गर्न अख्तियारद्वारा तीन सदस्यीय टोली गठन

पाठकमाथि छानबिन गर्न अख्तियारद्वारा तीन सदस्यीय टोली गठन
तस्विर सौजन्य : ciaa.gov.np

फागुन ७, काठमाडौं । घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकको घुस प्रकरणमाथि छानबिन गर्न तीन सदस्यीय अनुसन्धान टोली गठन भएको छ । 

महान्यायाधिवक्ता कार्यालयले सोमबार पाठकमाथि अख्तियारले नै छानबिन गर्न सकिने राय दिएपछि अनुसन्धान टोली गठन भएको हो ।   अख्तियारको आज बसेको बैठकले घुस प्रकरणपछि राजीनामा दिएका पाठकमाथि छानबिन गर्न सहसचिवको नेतृत्वमा तीन सदस्यीय अनुसन्धान टोली गठन गरेको हो । 

नेपाल इन्जिनियरिङ कलेजमा भएको अनियमितताको उजुरीमा छानबिन रोकिदिने भन्दै पाठकले सञ्चालकसँग घुस लिएको भिडियो नै सार्वजनिक भएपछि पाठकले राजीनामा दिएका थिए । 

पाठकमाथी लागेको कसुर पुष्टि भए पाठकलाई ११ वर्षसम्म कैद हुन सक्छ ।