११ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरी जलाउने युवक पक्राउ

११ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरी जलाउने युवक पक्राउ

फगुन ७, काठमाडौं । धनुषाको मिथिला - ३, मगर टोलमा बलात्कारपछि हत्या गरिएकी ११ वर्षीया बालिका रेश्मा भनिने दुतिया रसाइलीको घटनामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले मंगलबार बिहान पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा धनुषा बटेशर गाउँमापालिका ४ बैगाली टोल का २२ वर्षीय निरज जर्गा मगर छ्न ।

गत २ फागुनमा छिमेकी इन्द्र थापा मगरको छोरीको बिहेमा सहभागी भएकी दुतिया रसाइलीलाई चाउचाउ र फ्रुटी दिएर फकाइ फुलाई उखुबारीमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । 

हत्यापछि प्रमाण नष्ट गर्न निरज मगरले उखु खेतमै रहेको परालले जलाएर हत्या गरेको धनुषाका एसपी शेखर खनालले जानकारी दिए ।

अभियुक्त निरज यसअघि पनि विभिन्न चोरी घटनामा संलग्न भएर जेल सजायसमेत भुक्तान गरिसकेको  प्रहरीले जानकारी दिएको  छ ।