अख्तियार घेर्न पुगेका विवेकशील साझाका २ दर्जन बढि नेता कार्यकर्ता पक्राउ

अख्तियार घेर्न पुगेका  विवेकशील साझाका २ दर्जन बढि नेता कार्यकर्ता पक्राउ

फागुन ८, काठमाडौं । बढ्दो भ्रष्टाचारको विरोध गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा धर्ना दिन पुगेका विवेकशील साझा पार्टीका २ दर्जन बढि नेताकार्यकर्ता पक्राउ परेका छन् । 

संख फुक्दै “अख्तियारस् सानो माछामात्र होइन, ठूलो पनि समाउ” भन्दै अख्तियार दुरूपयोग अनुषन्धान आयोग बाहिर प्रदर्शन गर्ने क्रममा विवेकशील साझा पार्टीका २ दर्जनभन्दा बढी प्रदर्शनकारीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

गिरफ्तार हुनेमा पार्टीकी प्रदेश ३ संयोजक समिक्षा बास्कोटा, केन्द्रीय सदस्य मानवी पौडेल, काठमाडौं जिल्ला संयोजक अनुपा श्रेष्ठ र ललितपुर जिल्ला संयोजक उज्वल कृष्ण श्रेष्ठ पनि छन्। 

उनीहरूलाई अहिले महेन्द्र पुलिस क्लबमा राखिएको छ। उनीहरूलाई तुरून्तै रिहा गर्न विवेकशील साझा पार्टीले माग गर्दै बिज्ञप्ती निकालेको  छ । 

भ्रष्टाचार नियन्त्रणका लागि एउटा सशक्त निकाय हुनसक्ने अख्तियारको अगाडि अख्तियारलाई नै सुझाव र सल्लाह दिँदै शान्तपुर्ण प्रदर्शन गर्दा समेत पक्डिएर लाने भनेको कस्तो लोकतन्त्रको स्वरूप हो ? कि सरकारका पदाधिकारीहरूले हामीले पनि उहाँहरूका सांसदहरूले संसदमा गरेजस्तै बलजफ्ति गरोस् भन्ने चाहानुभएको होरु? भनेर सरकारलाई बिज्ञप्तीमार्फत प्रश्न राखेको छ । 

विवेकशील साझा पार्टीले भष्टाचार विरोधी अभियानको यो शुरूवात मात्र भएको भन्दै आगामी फागुन १४ गते पार्टीले अख्तियारको अगाडि पुन शान्तपुर्ण प्रदर्शन गर्दै अख्तियारका प्रमुख आयुक्तलाई ज्ञापनपत्र बुझाउने र सोही समयमा देशका अन्य भागमा पनि भ्रष्टाचार विरोधी प्रदर्शन गर्ने जनाइएको छ ।