सैनामैनामा भूमि आयोगको कार्य तिव्र, लगत संकलनमा एकताबद्द भएर लाग्न नगरप्रमुख कार्कीको आग्रह

सैनामैनामा भूमि आयोगको कार्य तिव्र, लगत संकलनमा एकताबद्द भएर लाग्न नगरप्रमुख कार्कीको आग्रह

सैनामैना, १८ माघ । 
सैनामैना नगरपालिकामा भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोवासको व्यवस्थापन गर्ने कार्य तीब्र रुपमा अगाडी बढेको छ । 

आज नगरपालिमा भूमि सम्बन्धी समस्या समाधान आयोग लगत संकलन ईकाइको उद्घाटन गदै नगरप्रमुख चित्रबहादुर कार्कीले भूमिहिन दलित वा भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोवास भएकालाई जग्गा उपलब्ध गराउने कार्य स्पष्ट कानुनसहित तीब्र रुपमा अघि बढेको जानकारी दिदै लगत संकलनमा एकताबद्द भएर लाग्न आग्रह गरे। 'जग्गाधनी पूर्जा उपलब्ध गराउने नियम र कानुन अनुसार यो कार्य अघि बढेको छ,' नगरप्रमुख कार्कीले भने। 

माघ महिनाभरी अव्यवस्थित बसोवासको लगत संकलन गर्ने र भूमिहिन दलित वा भूमिहिन सुकुम्वासीलाई आवासका लागि १ कठ्ठा र कृषिलाई ६ कठ्ठा सम्मा जग्गा उपलब्ध गराउने कानुनी व्यवस्था भएबमोजिम प्रक्रिया पुर्याएर वितरण गरिने नगरप्रमुख कार्कीले जानकारि दिए ।

'भोगचलान गरेका भनि आफुसँग भएको प्रमाणसहित लगत संकलन गरि पाउ भनेर एउटा निवेदन दिनुहोस,' नगरप्रमुख कार्कीले भने, 'हाम्रा गणक तथा जनप्रतिनिधी साथीहरुले लगत संकलनका क्रममा पहिचान गर्नुहुन्छ को भूमिहिन दलित र भूमिहिन सुकुम्वासी हो ।' 

तयारी पुगेका वडाले वडास्थतरीय सहजीकरण समितिको संयोजकले नगरपालिकाको फाटमार्फत फारम भराउन सकिने व्यवस्था भएको कार्कीले जानकारी दिए । 

'जग्गा नापजाँचको काम हुन कानुनी प्रक्रिया पछि जग्गा उपलब्ध गराउन लेखापढि गर्न पठाउने छौ, त्यसपछि जग्गा वितरण हुनेछ,'नगरप्रमुख कार्कीले भने ।