माग सम्बोधन नभए एलपी ग्यास बिक्री रोक्ने उद्योगीको चेतावनी

माग सम्बोधन नभए एलपी ग्यास बिक्री रोक्ने उद्योगीको चेतावनी
तस्विर सौजन्य : alibaba.com

फागुन ८, काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले आफ्ना मागहरु सरकारले सम्बोधन नगरे सम्पूर्ण एलपी ग्यास उद्योगीहरुले  पूर्ण रुपमा एलपी ग्यास बिक्री रोक्ने उद्योगीको चेतावनी दिएका छन् । 

नेपाल एलपी ग्यास उद्योग संघले बुधबार राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरी सरकारलाई १० दिने अल्टिमेटम दिँदै आयात रोकी ग्यासको बिक्री बितरण बन्द गर्नेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

संघले उद्योगहरुको यथार्थ सञ्चालन खर्च, ग्यास बिक्रेताहरुको यथार्थ कमिसन, स्थानीय ढुवानी भाडा, उद्योगको कार्यगत नोक्सानी, बीमा खर्च, मुनाफा तथा बिक्रेता र वितरकको उचित नाफाका लागि तत्कालै एक समिति गठन गर्नुपर्ने र यसबारे अध्ययन गरी प्रत्येक वर्ष कमिसन र खर्च समायोजन हुनुपर्ने माग गरेको छ ।

माग पुरा नभए संघले फागुन २८ गते देखि मुलुकभरका सम्पूर्ण एलपी ग्यास उद्योगहरु बन्द गर्ने र ३० गते देखि सम्पूर्ण ग्यास विक्रेताहरुबाट ग्यास विक्रिवितरण ठप्प पार्ने जनाएको छ ।