भृकुटीमण्डपमा स्वदेशी कम्पनीको जुत्ता चप्पल एक्स्पो

भृकुटीमण्डपमा स्वदेशी कम्पनीको जुत्ता चप्पल एक्स्पो

काठमाण्डौँ, २३ माघ ।
स्वदेशी जुत्ता तथा चप्पल कम्पनीले स्वदेशी बस्तुको प्रर्वद्धन हाम्रो अभियान भन्ने मूलनासहित  जुत्ता चप्पल एक्सो सञ्चालन गरेका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा बुधवारबाट सुरु भएको जुत्ता, चप्पल, व्यापार मेला तथा प्रदर्शनी २०७७मा स्वदेशका उत्कृष्ट ब्राण्डहरुले सहभागिता जनाएका छन्  । 

फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालले आयोजना गरेको मेलामा स्वदेशी ब्राण्डहरु फिटराइट, ल्याण्डवाक, फ्रस्टवाक/आगास, कोशेली, रन, सुल्यान्ड, हाइलाइफ, क्रसरोड, रोयल सुज, बिएफ डियरहिल, गोल्डस्टार, बोस सुज, किम सुज, भेनस, फुट स्टेप, शिखर सुज, व्याम्बो सुज, पीजी लगायतका सहभागी छन ।

कोभिड पछि लागेका पहिलो बृहत  एक्स्पोमो उपभोक्ताहरुले स्वःस्फुर्त रुपमा प्रदर्शनीमा राखिएका बस्तुहरु अवलोकन गरि मुल्याङ्कन एवं तुलनात्मक रुपमा छनौट गरी सुपथ मुल्यमा खरीद गर्ने अवसर पाउने आयोजकले जनाएका छन् ।

बिगतको भन्दा यसपालीको मेलामा देशकै उत्कृष्ट ब्राण्डहरुको सहभागीता रहेको मेला आगामी फागुन १० गते सम्म चल्ने आयोजकले जानकारी दिएको छन् । 

मेलामा १५ देखि ५० प्रतिशत सम्म छुटको अफर चलाइएको छ ।