जबरजस्ती करणीको आरोपमा त्रिविका सहायक डिन साह पदबाट निलम्बित

जबरजस्ती करणीको आरोपमा त्रिविका सहायक डिन साह पदबाट निलम्बित
तस्विर सौजन्य : cdltu.edu

८ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बुधबार बसेको आकस्मिक बैठकले जबरजस्ती करणीको आरोपमा त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका सहायक डीन बौवालाल साहलाई निलम्बन गरेको छ । 

बुधबार बिहान करिब साढे १० बजे साहले  नेपाल बैंकको कीर्तिपुर शाखा नजिकैको भित्री बाटोमा एक छात्रालाई यौन दुर्व्यवहार गरेको र जबरजस्ती करणीको प्रयास गरको भन्दै कारबाहीको माग गर्दै शिक्षा शास्त्र संकाय, उपकुलपतिको कार्यालय, शिक्षाध्यक्षको कार्यालय र महानगरीय प्रहरी वृत्त कालिमाटीमा निवेदन दिएकी थिइन् ।

छात्रामाथि दुर्व्यवहार गर्ने साहलाई त्रि वि मा उपस्थित विद्यार्थीहरुको एक समूहले कालोमोसो दलिदिएका छन् । यता त्रिविले विश्वविद्यालयको मान, प्रतिष्ठा र गरिमा घटाउने अत्यन्त अनुशासनहिन तथा निन्दनीय कार्य गरेको भन्दै साहलाई विश्वविद्यालयको कुनै पनि कामकाज गर्न नपाउने गरी सहायक डीन पदबाट निलम्बन गरेको  छ । 

साहलाई महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले नियन्त्रणमा लिएको छ ।