अष्ट्रियाकी विदेशमन्त्री करिन काठमाडौंमा

अष्ट्रियाकी विदेशमन्त्री करिन काठमाडौंमा

फागुन ९, काठमाडौं । परराष्ट्रमन्त्रि प्रदीप ज्ञवालीको निमन्त्रणामा अष्ट्रियाकी विदेश मामिला मन्त्री करिन केनिसिल बिहीबार काठमाडौं आएकी छिन् । 

नेपाल बसाइमा विदेशमन्त्री करिनको प्रतिनिधि मण्डल र नेपालको परराष्ट्र मन्त्रीसहितको टोलीले द्विपक्षीय बार्ता गर्ने कार्यक्रम रहेको छ । 

यसका साथै विदेश मन्त्री करिनले परराष्ट्र मामिला अध्ययन केन्द्रले काठमाडौँमा आयोजना गरेको नेपाल–अष्ट्रिया सहकार्यको ६० वर्ष  कार्यक्रमलाई सम्बोधन गर्नेछिन् । विदेशमन्त्री करिनले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि रहेको छ ।

विदेशमन्त्री करिनको टोलि फागुन ११ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।