यूटीएलबाट खोसेर अप्टिकल फाइबर बिछ्याउने जिम्मा टेलिकमलाई

यूटीएलबाट खोसेर अप्टिकल फाइबर बिछ्याउने जिम्मा टेलिकमलाई
तस्विर सौजन्य : efirm

९ फागुन, काठमाडौं । सरकारले गण्डकी प्रदेश र प्रदेश नम्बर पाँचका जिल्लाको मध्यपहाडी लोकमार्ग र विभिन्न जिल्लाहरुमा अप्टिकल फाइबर बिच्छाउन यूटीएलसँग गरिएको सम्झौता रद्द गरेको छ ।

यो सम्झौता रद्द गरेसँगै युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) लाई गोरखाको आरुघाटदेखि रुकुमको मुसिकोटसम्म अप्टिकल फाइबर बिछ्याउने कामबाट हटाइएको छ ।

मन्त्रिपरिषद्को बैठकले काम गर्न नसक्ने ठहर गर्दै यूटीएलसँग भएको सम्झौता रद्द गरेको सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले पत्रकार सम्मेलनमा जानकारी दिए।

यूटीएलले आगामी बैशाख १५ गतेसम्म काम नै सक्नुपर्ने थियो तर, काम नै नथालेपछि यूटीएलसँगको सम्झौता भंग गरिएको मन्त्री बास्कोटाले जानकारी दिए। अब यी दुई प्रदेशमा अप्टिकल फाइबर बिच्छाउने कामको जिम्मा नेपाल टेलिकमले पाएको छ ।