शालीनदीमा दर्शनार्थीको घुँईचो (फोटोकथा)

शालीनदीमा दर्शनार्थीको घुँईचो (फोटोकथा)

काठमाडौं, ८ फागुन ।  
प्रसिद्ध धार्मिक स्थल मानिने साँखुको शाली नदीमा श्री स्वस्थानी माताको पूजा गर्ने भक्तजन तथा दर्शनार्थीको घुँईचो लागेको छ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म शालीनदीमा माधवनारायण व्रत हुने गरेको छ । यहि अवसरमा शालीनदी मेला समेत लाग्ने गरेको छ । 

कोरोना महामारी भए पनि शालीनदीमा मेलामा विगत वर्षको भन्दा पनि बढी भक्तजनको भीड लागेको छ ।

माधवनारायण मन्दिर छिर्न चाहने भक्तजनलाई निःशुल्क स्यानिटाइजर र मास्क वितरण गरिएको छ । अन्यत्र आउने भक्तजनलाई भने मास्क र स्यानिटाइजर प्रयोग गर्न माइकिङ गरिए पनि भिडभाडले अवस्था भने अस्तव्यस्त छ । 

शनिवारका दिन साँखु क्षेत्रको ट्राफिक व्यवस्थापन समेत अस्तव्यस्त हुने गरेको छ । तस्वीरमा  हेर्नुहोस् शालीनदीमा दर्शनार्थीको घुँईचो :