रोनाल्डो चम्किदा युभेन्ट्सको सहज जित

रोनाल्डो चम्किदा युभेन्ट्सको सहज जित

ऐजेन्सी, ११ फागुन ।  
रोनाल्डोले उत्कृष्ट खेलेपछि इटालियन सिरी ए फुटबलमा साविक विजेता युभेन्ट्सले सहज जित हात पारेको छ ।

सोमबार राति भएको खेलमा युभेन्ट्सले क्रोटोनलाई ३-० गोल अन्तरले हराउदै जित दर्ता गरेको छ ।

युभेन्ट्सको घरेलु मैदानमा भएको खेलमा रोनाल्डोले दुई तथा वेस्टन म्याकेनीले एक गोल गरे

खेलको ३८ औं मिनेटमा गोल गर्दै  युभेन्ट्सलाई अग्रता दिलाएका रोनाल्डोले पहिलो हाफको अन्तिम समयमा थप एक गोल गर्दै टिमलाई जिततर्फ अगाडी बढाए । 

त्यसपछि खेलको ६६ औं मिनेटमा वेस्टनले थप एक गोल गर्दै युभेन्ट्सलाई ३-० को जित दिलाए ।

जितसँगै ४५ अंक जोडेको युभेन्ट्स लिगको तेस्रो स्थानमा उक्लिएको छ ।  शीर्ष स्थानको इन्टर मिलान भन्दा युभेन्ट्स ८ अंकले पछि छ ।