सैनामैनाको सालझण्डीमा दुर्घटना हुदा मोटरसाइकल चालकको मृत्यु

सैनामैनाको सालझण्डीमा दुर्घटना हुदा मोटरसाइकल चालकको मृत्यु
तस्विर सौजन्य : कमल ज्ञवाली

अनिल सापकोटा,
काठमाडौं, १६ फागुन ।  

रुपन्देहीको सैनामैना ११ सालझण्डी (बनकट्टी)मा ट्रकमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । 

आईतवार दिउसो साढे ३ बजे महेन्द्र राजमार्ग अन्तर्गत पर्ने पश्चिमबाट पूर्व  दिशातर्फ गइरहेको भे१ख २६८७ नम्बरको ट्रकमा बुटवलबाट कपिलवस्तु तर्फ गइरहेको लु४२प ७५ नम्बरको मोटरसाइकल पहिलो खोलाको पुलमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय सालझण्डीले जानकारी दिएको छ । 

"पुलको मध्यभागमा भएको दुर्घटनापछि मोटरसाइकल चालकलाई तुरुन्त अस्पताल पुर्याएका थियौँ," इलाका प्रकरी कार्यालय सालभण्डीका प्रहरी सहायत निरीक्षक मधु मरासिनीले भने, "अस्पतालले केहि समयमा मृत घोषणा गर्याे।" दुर्घटना परी मृत्यु हुनेमा कपिलवस्तु जिल्ला कपिलवस्तु नगरपालिका स्थायी ठेगाना भएका वयस्क पुरुष रहेको मरासिनीले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।