ताप्लेजुङको आगलागीबाट ७९ परिवार विस्थापित

ताप्लेजुङको आगलागीबाट ७९ परिवार विस्थापित

ताप्लेजुङ, १८ फागुन ।  
ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ र आठराई त्रिवेणी गाउँपालिकाको सङ्गमस्थल दोभान बजारमा आज बिहान  भएको आगलागीबाट ७९ परिवार विस्थापित भएको छ । 

“अहिलेसम्म पूर्ण रुपमा आगो नियन्त्रणमा आउन सकेको छैन्”, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख बालरनसिंह राणाले भने, “आगलागीबाट ४७ घर जलेर नष्ट भएको छ भने ७९ परिवार विस्थापित भएको छ ।” आगलागीमा परेर लक्ष्मी बैंक शाखा कार्यालय, ग्लोबल आइएमी बैंकको शाखा कार्यालय र आइएमीको एउटा शाखा कार्यालय जलेर पूरै नष्ट भएको छ। 

जिल्लाको दोस्रो ठूलो  दोभान बजारमा १०० व्यापारिक घर भएकोमा  ४७ घरमा रहेका किराना पसलदेखि खाद्य स्टोर, हाडवेयरलगायत सबै पसल जलेर नष्ट भएको प्रहरी प्रमुख राणाको जानकारी दिएका छन्। “आगलागीबाट भएको क्षतिको विवरण अब सङ्कलन गर्छौं,” उनले भने । 

फुङ्लिङ नगरपालिका र पाँचथर जिल्लाको दमकलको माध्यमबाट आगो नियन्त्रण गर्ने कार्य भइरहेको प्रहरी प्रमुख राणाले जानकारी दिए ।