बीर अस्पतालको निर्माणाधीन भवनको लिफ्ट चुडिँदा दुई जनाको मृत्यु

बीर अस्पतालको  निर्माणाधीन भवनको लिफ्ट चुडिँदा दुई जनाको मृत्यु
तस्विर सौजन्य : nepalsamaya

फागुन ९, काठमाडौं । वीर अस्पतालमा निर्माणाधीन सर्जिकल भवनको लिफ्ट चुडिँदा दुई जना कामदारको मृत्यु भएको छ ।

बिहीबार साँझ नयाँ भवनमा सामान लोड गरी झार्ने क्रममा लिफ्ट चुडिएको हो । घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् । 

मृत्यु हुनेमा सप्तरीका नवीन चौधरी र भूमिकुमार चौधरी रहेका छन् । नवीन र भूमिकुमार वीरको बन्दै गरेको भवनमा कार्यरत थिए ।

घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।