त्रिभुवन विमानस्थलको धावनमार्ग चैत १८ गतेदेखि स्तरोन्नति हुने

त्रिभुवन विमानस्थलको धावनमार्ग चैत १८ गतेदेखि स्तरोन्नति हुने
तस्विर सौजन्य : द हिमालयन टाइम्स

फागुन १३, काठमाडौं । ४ दशक पुरानो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको स्तरोन्नतिको काम चैत १८ गतेबाट सुरु हुने भएको छ । 

धावनमार्ग स्तरोन्नतिको जिम्मा चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनियरिङ कर्पोरेसनले पाएको छ ।

चैत १८ गतेबाट सुरु हुने  विमानस्थलको कालोपत्रको काम आउँदो  २०७६ साल जेठसम्म सकिने पर्यटन मन्त्री रवीन्द्र अधिकारीले जानकारी दिनुभएको छ । सोमबार विमानस्थलको धावनमार्ग निरीक्षण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित मन्त्रालयका अधिकारी पुगेका थिए । 

चिनियाँ निर्माण कम्पनीसँग करबाहेक तीन अर्ब ७५ करोड रुपैयाँमा धावनमार्ग कालोपत्र परिवर्तनका लागि सम्झौता भएको हो । सन् १९८० मा निर्माण भएको धावनमार्ग अहिलेसम्म विस्तार तथा मर्मत हुन सकेको छैन ।