ओपो एफ-१९ नेपाली बजारमा, कति पर्छ मुल्य?

ओपो एफ-१९ नेपाली बजारमा, कति पर्छ मुल्य?

काठमाडौं । ओपोले नेपालमा एफ-१९ को विक्रि आरम्भ गरेको छ ।

एफ-१९ को डिजाइन विशेषगरी उच्च गुणस्तरिय स्मार्टफोनका साथै आकर्षक डिजाइन मनपराउने पुस्तालाई ध्यानमा राखि गरिएको कम्पनीको दावी छ । एफ-१९ मा ब्रिलियन्ट स्क्रिन, उच्च कोटीको परफरमेन्सका साथै कम्पनीले आकर्षक डिजाइन रहेको छ । ब्याट्रीका कारण कुनै समस्या झेल्न नपरोस् भन्नुका साथै छरितो चार्जिङ मार्फत चार्जिङकै लागि धेरै समय खर्चिन नपरोस् भन्ने तिर पनि विशेष ध्यान दिइएको कम्पनीले जनाएको छ ।

"३३ वाट फ्ल्याशचार्ज सुविधा सहितको ५ हजार एमएच क्षमताको ब्याट्री जडान गरिएको उक्त फोनमा आँखालाई नकारात्मक किरणबाट जोगाउने प्रविधिका साथमा उत्कृष्ट एमोलेड एफएचडी+ पञ्च-होल डिस्प्ले, पातलो बडी डिजाइन दिइएको छ । ओपो एफ-१९ ले डिजाइन र प्रविधिका क्षेत्रमा सन्तुलित परफरमेन्स दिन्छ । विशेषगरी आफ्नो क्यारियरको सुरुवाती अवस्थामा रहेका यूवावर्ग माझ यो फोन निकै लोकप्रिय हुनेमा हामी विश्वस्त छौँ ," ओपो नेपालका प्रमुखकार्यकारी अधिकृत बबी ट्राओले भने ।

ओपो ए-१९ प्रिज्म ब्ल्याक र मिडनाइट ब्ल्यू गरी दूई आकर्षक रंगमा नेपाली बजारमा उपलब्ध छ । ६ जीबी ¥याम र १२८ जीबी रोमका साथमा सार्वजनिक भएको यो फोनको मूल्य ३४ हजार ५ सय ९० निर्धारण गरिएको छ ।