थप २६१९ जनामा कोरोना संक्रमण पुष्टि , ८ जनाको मृत्यु

थप २६१९ जनामा कोरोना संक्रमण पुष्टि , ८ जनाको मृत्यु

काठमाडौं, ११ वैशाख । 
नेपालमा पछिल्लो २४ घण्टामा थप २६१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै देशभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  देशका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार ५ सय २५ पीसीआर परीक्षणबाट २४ सय ८६ जना र १ हजार १ सय ४३ जनाको एन्टिजेन परीक्षणबाट १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ ।

आज काठमाडौँ उपत्यकामा ८ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँमा ६४४ जना, भक्तपुरमा ८७ जना र ललितपुरमा १ सय ४१ जना कोरोना संक्रमित भेटिएका छन् ।

देशभर १६ हजार ८ सय २८ जना संक्रिय कोरोना संक्रमित रहेका छन् । जसमध्ये ७१ जना क्वारेन्टाइनमा छन्  । २४ घण्टामा ३ सय  ६८ जना डिस्चार्ज भएका छन् । 

यो सँगै निको हुनेको संख्या २ लाख ७७ हजार १ सय २३ पुगेको छ । सोही अवधिमा कोरोनाबाट ८ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १ सय ३६ पुगेको छ ।