श्रमिकहरुका लागि सहयोगी हात बढाउन प्रचण्डको अपिल

श्रमिकहरुका लागि सहयोगी हात बढाउन प्रचण्डको अपिल

काठमाडौं, १८ वैशाख ।  
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना भाइरसका कारण रोजगार गुमेका र दैनिक श्रम गरी जीविकोपार्जन गर्ने श्रमजीवी वर्ग गम्भीर समस्यामा परेको भन्दै सहयोग गर्न अपिल गरेका छन् ।

जीविकोपार्जन गर्ने श्रमजीवि वर्ग गम्भीर समस्यामा परेको भन्दै उनीहरुका लागि उचित राहतसहित खाद्यान्नलगायत वैकल्पिक व्यवस्थापन गर्न माग गर्नुभएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कोभिड–१९ को दोस्रो लहरको महामारीका कारण भएको निषेधाज्ञाले रोजगारी गुमेका र उनीहरुलाई राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । 

१३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै दाहालले सबै राजनीतिक कायकर्ता र समाजसेवीहरूमा पनि खुला हृदयले समस्यामा परेका रोजगारविहीन श्रमिकका लागि सहयोगी हात बढाउन अपिल गरेका हुन्। 

महामारीको संक्रमणबाट आफ्नो जीवन रक्षाका लागि सावधानी र चेतना अभिवृद्धि गर्न सम्पूर्ण श्रमिक वर्गमा अपिल गर्दै दाहालले सुस्वास्थ्य र दीर्घायूको कामनासमेत गरेका छन्।

‘श्रमजीवी वर्ग, राज्यको बहुआयामिक विकासका मुख्य आधार हुन् । श्रमिक वर्गको हक, हित र अधिकारको सुनिश्चितता नभएसम्म देशमा आर्थिक विकास र समृद्धि सम्भव हुँदैन । यसैकारण संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा श्रमिक वर्गको हित र अधिकारलाई प्रत्याभूति गरिएको हो’, दाहालको शुभकामना सन्देशमा छ, ‘तर, श्रमजीवि वर्गको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीमाथि अहिले सरकारबाट नै निरन्तर प्रहार भइरहेको छ । पश्चगामी र परिवर्तन विरोधी तत्वहरु श्रमजीवि जनताका अधिकार खोस्न उद्यत देखिएकाले प्राप्त उपलब्धिको रक्षाका लागि एकतावद्ध भएर प्रतिवाद गर्नु अहिलेको आवश्यकता हो ।’

कारोना महामारी कारण रोजगार गुमेका श्रमजीवि वर्ग गम्भीर समस्यामा परेको बताउदै सहयोग गर्न अपिल गरेका छन् ।  'कोरोना भाइरस ९कोभिड–१९०को दोस्रो लहरको महामारीका कारण भएको निषेधाज्ञाले रोजगार गुमेका र दैनिक श्रम गरी जीविकोपार्जन गर्ने श्रमजीवि वर्ग गम्भीर समस्यामा परेको छ । उनीहरुका लागि उचित राहतसहित खाद्यान्न लगायत वैकल्पिक व्यवस्थापन गर्न म सरकारसँग जोडदार माग गर्दछु ।' दाहालको शुभकामना सन्देशमा छ ।