सैनामैनामा बैंक तथा वित्तियसंस्था वैशाख ३० गतेसम्म बन्द रहने

सैनामैनामा बैंक तथा वित्तियसंस्था वैशाख ३० गतेसम्म बन्द रहने
file photo

सैनामैना, १९ वैशाख। 
रुपन्देहीको नगरपालिका क्षेत्रभित्र पर्ने बैंक तथा वित्तियसंस्था वैशाख ३० गतेसम्मका लागि बन्द गर्ने सैनामैना नगरपालिकाले निर्णय गरेको छ।

आज नगरपालिकाले एक सुचना जारी गर्दै बैंक तथा वित्तियसंस्थाहरुमा कोरोना संक्रमितको संख्या बढ्दै गएकाले  वैशाख ३० गतेसम्मका लागि सैनामैना नगरपालिका क्षेत्रका सबै बैंक तथा वित्तियसंस्थाहरुको सेवा स्थगित गरिएको जनाएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रुपन्देही जिल्लालाई लुम्बिनी प्रदेशको अतिप्रभावित जिल्लामा राखेको छ। छिमेकी मुलुक भारतसँग सिमाना जोडिएको रुपन्देहीमा केही दिनयतादेखि संक्रमितको संख्या ह्रातै बढेदै गएको छ ।