राष्ट्रिय जनगणना तत्काललाई स्थगित, नयाँ आर्थिक वर्षपछि मात्रै सुरु हुने

राष्ट्रिय जनगणना तत्काललाई स्थगित, नयाँ आर्थिक वर्षपछि मात्रै सुरु हुने

काठमाडौं, २० वैशाख ।
राष्ट्रिय जनगणनाको कार्यक्रम कोरोना महामरीका कारण तत्कालका लागि स्थगित भएको छ। 

आइतबार बेलुका बसेको मन्त्रीपरिषद् बैठकले देशैभरी तीब्र गतिमा फैलिरहेको कोरोनाको महामरीलाई मध्यनजर गर्दै तत्कालका लागि स्थगित गरिएको छ । अब कोरोना संक्रमणको अवस्थालाई हेरेर कार्यतालिका बनाएर नयाँ आर्थिक वर्षपछि मात्र सुरु हुने तथ्याङक विभागका जनगणना शाखाले जानकारी दिएको छ ।    

यसअघिको कार्यतालिका अनुसार बैसाख २६ गते देखि देशैभरका ४३ हजार गणकहरुलाई तालिम दिने तयारी थियो । गणकलाई तालिम दिए पछि जेठ २५ देखि फिल्डमा पुगेर असार ८ गतेसम्म गणना गर्ने कार्यतालिका रहेको थियो ।

जनगणनाका लागि करिव ८५ प्रतिशत काम सम्पन्न  भईसकेको विभागको दावी छ ।